नियम १९
निर्विरोध निर्वाचित भएको घोषणा
(१) कुनै प्रदेशमा अध्यादेशको दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा अध्यादेशको दफा ३ बमोजिमको कुनै समूहबाट जतिजना निर्वाचित गर्नुपर्ने हो त्यति नै जना वा सोभन्दा कम उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवारलाई अध्यादेशको दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरी सोको जानकारी आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्विरोध निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले मतदान गर्न तोकिएको समय समाप्त भएपछि निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।